काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठान को साहित्य (मातृभाषा) विभागद्वारा आयोजित मातृभाषा साहित्यको ३०औँ शृङ्खला अन्तर्गत सिर्जना, संवाद, विमर्श, कविता वाचन तथा ‘ज्योमोलाङ्मा’ पत्रिकाको सार्वजनिकीकरण कार्यक्रम प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै गरेका थिए। सो अवसरमा उनले ‘चोमोलुङ्मा’ वा ‘ज्योमोलाङ्मा’ जस्ता मौलिक नाम छोडेर ‘सगरमाथा’ किन राखियो भन्ने प्रश्न उठाउँदै त्यो नाम कायम राख्दा के उचाइ घट्थ्यो र भन्दै प्रश्न गरे। उनले इतिहासमा भएको भाषिक तथा सांस्कृतिक अतिक्रमण प्रति चिन्ता पनि व्यक्त गरे।

कुलपति राईले मातृभाषाको संरक्षण र विकासका लागि काम गर्दा आफूलाई ‘मार्क्सवादी’ भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै समावेशी ढङ्गबाट मातृभाषाको प्रवर्द्धन गर्नु गौरवको विषय भएको बताए। संविधान अनुसार नेपालका १२४ वटै मातृभाषाको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको उनको भनाइ थियो। साथै, वर्तमान सरकार दुई-तिहाइ नजिक रहेको सन्दर्भमा मातृभाषा क्षेत्रमा उल्लेखनीय काम हुनेमा उनले विश्वास व्यक्त गरे।

प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले सीमित बजेटका बाबजुद मातृभाषामा भएका कामहरू सम्झनलायक रहेको धारणा राखेका थिए।

कार्यक्रमका सभाध्यक्ष तथा प्राज्ञ परिषद् सदस्य राजन मुकारुङले मातृभाषा साहित्य शृङ्खलाले नयाँ जागरण ल्याएको उल्लेख गर्दै मातृभाषाका पाठ्यपुस्तकहरू आदिवासी जनजातिको सांस्कृतिक सौन्दर्य अनुसार निर्माण हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अध्येताद्वय किरणकुमार बरामले ‘बराम समुदायको लोकसाहित्य’ र पदम रानाले ‘रानाथारु साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

यसै अवसरमा प्रज्ञा प्रतिष्ठानले आफ्नो ६८ वर्षे इतिहासमै पहिलो पटक शेर्पा भाषाको ‘ज्योमोलाङ्मा’ नामक पत्रिका प्रकाशन गरी सार्वजनिक गरेको छ। पत्रिका माथि समीक्षात्मक मन्तव्य यसको कार्यकारी सम्पादक दावा शेर्पाले राखेका थिए।

कार्यक्रममा भोजपुरी भाषाका कवि रितेश त्रिपाठी, आठपहिरिया भाषाकी कवि विमला राई तथा अछामी भाषाका कवि प्रदीप जैसीले आ आफ्ना मातृभाषामा कविता वाचन गरेका थिए।

शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिनेल शेर्पाले कुलपति राई र प्राज्ञ मुकारुङलाई सम्मानस्वरूप खादा ओढाएका थिए भने राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रज्ञा पुस्तकालयका लागि पुस्तक उपहार प्रदान गरेका थिए।