
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा चिनियाँ राजदूत चेन सोङसँग शिष्टाचार भेटका क्रममा मन्त्री अर्यालले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा हुन नदिने प्रतिबद्धता जनाए।
उनले पञ्चशीलका पाँच सिद्धान्त र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता तथा विश्वासको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल प्रतिबद्ध रहेको बताए।
भेटका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।














Comments