
धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने संकेत दिएका छन्।
बुधबार धादिङको बेनिघाट रोराङमा कार्यकर्तासँग कुराकानी गर्दै उनले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताएका छन्।
‘अबको माओवादीको लाइन भनेको चुनाव हो,’ प्रचण्डले भने, ‘साथै तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्छ।’
उनले एमालेसँगको सम्भावित एकताबारे पनि स्पष्ट संकेत दिँदै भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’














Comments