अखिल नेपाल ब्युटीसियन श्रमिक संघको तेस्रो स्थापना दिवस सम्पन्न, सीप विकास तालिममा जोड

Written by

in

, ,

काठमाडौं। अखिल नेपाल ब्युटीसियन श्रमिक संघले आफ्नो तेस्रो वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। सिल्क हेयर कम्पनीको सहकार्यमा आयोजित कार्यक्रममा सौन्दर्यकर्मीहरूको पेशागत क्षमता अभिवृद्धि, श्रमिक अधिकारको संरक्षण तथा संगठनात्मक एकतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ सीप विकाससम्बन्धी विशेष तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।


संघकी अध्यक्ष सावित्रा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष जगत सिंखडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिका रूपमा अन्टुफ महिला कमिटीकी अध्यक्ष सुसिला पुन, कस्मेटोलोजिस्ट परिसी कारञ्जीत, छाला विशेषज्ञ डा. सरोज लामिछाने तथा सिल्क हेयर कम्पनीका प्रबन्ध निर्देशक रक्की लामा सहभागी हुनुभएको थियो।


कार्यक्रममा अन्टुफका महासचिव शालिकराम काफ्ले, उपमहासचिव शिव पोखरेल, उपमहासचिव रामचन्द्र कार्की, वरिष्ठ ब्युटीसियन तथा विभिन्न क्षेत्रका सौन्दर्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


स्थापना दिवसका अवसरमा स्वागत मन्तव्य, सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत आयोजना गरिएको थियो। साथै ब्युटीसियनहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि विशेष सीप विकास तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।


संघकी महासचिव स्मृति रावतले सञ्चालन गर्नुभएको कार्यक्रममा शोभा अर्याल, लक्ष्मी महत, गंगा नकर्मी, सुमा चित्रकार, कुमारी सिद्ध, सरस्वती नकर्मीलगायतको सक्रिय सहभागिता रहेको थियो।


आयोजकका अनुसार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले ब्युटीसियन तथा सौन्दर्यकर्मीहरूको पेशागत एकता सुदृढ गर्नुका साथै श्रमिक अधिकारको संरक्षण, सीप विकास र व्यवसायिक उन्नयनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

उत्साहपूर्ण सहभागिताबीच सम्पन्न कार्यक्रमले संगठनलाई अझ सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको आयोजकले जनाएको छ।

Choose Your Language »

Discover more from Red Voice Nepal

Subscribe now to keep reading and get access to the full archive.

Continue reading