बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन काठमाडौँ महानगरको नयाँ रणनीति

Written by

in

, ,


​काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन र यसलाई दिगो रूपमा सञ्चालन गर्न अन्य स्थानीय तहहरूसँग ‘वित्तीय साझेदारी’ गर्ने अवधारणा अघि सारेको छ। फोहरको वैज्ञानिक व्यवस्थापन र व्यवस्थापनस्थलको भार कम गर्ने उद्देश्यले महानगरले यो कदम चाल्न लागेको हो।


​कामपा कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार फोहर व्यवस्थापनलाई थप सहज बनाउन स्रोतमै वर्गीकरण गरी बञ्चरेडाँडा पुग्ने फोहरको मात्रा घटाउने विधि र प्रक्रियालाई महानगरले तीव्र रूपमा कार्यान्वयन गरिरहेको छ।


​”ल्यान्डफिल साइट र त्यस क्षेत्रको पूर्वाधार एवं सामाजिक क्षेत्रका कार्यक्रमका लागि महानगरले वार्षिक करिब १ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ। पछिल्लो समय सहरबाट उत्पादित फोहरलाई स्रोतमै वर्गीकरण गरी ल्यान्डफिल साइटमा जाने फोहरको भार घटाउने कार्यलाई हामीले प्राथमिकता दिएका छौँ, डंगाेलले भनिन।


५० प्रतिशत वित्तीय जिम्मेवारी लिन महानगर तयार
​महानगरपालिकाले फोहर उत्पादनको भारका आधारमा उपत्यकाका अन्य स्थानीय तहहरूसँग वित्तीय साझेदारीको अपेक्षा गरेको छ। यस व्यवस्थाले सम्बन्धित स्थानीय तहहरूलाई आफूले उत्पादन गरेको फोहरप्रति अपनत्वबोध गराउने महानगरको विश्वास छ। काठमाडौँ

महानगरपालिका क्षेत्रमा तुलनात्मक रूपमा बढी फोहर उत्पादन हुने भएकाले कुल वित्तीय जिम्मेवारीको करिब ५० प्रतिशत हिस्सा आफैँ बेहोर्न तयार रहेको कार्यवाहक प्रमुख डंगोलले स्पष्ट पारिन्।

दिगो व्यवस्थापनका लागि प्राविधिक छलफल
​ल्यान्डफिल साइटको दीर्घकालीन उपयोगका लागि फोहर वर्गीकरण, पुनःप्रयोग (Reuse) र पुनःचक्रीय प्रयोग (Recycle) विधिको प्रवर्द्धन गर्ने विषयमा सरोकारवालाहरूबीच सघन छलफल सुरु भएको छ।


​यसै सन्दर्भमा बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन के-कस्ता आधुनिक उपाय र प्रविधिहरू अपनाउन सकिन्छ भन्नेबारे काठमाडौँ महानगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीहरूसँग विशेष छलफल समेत गरेको छ।

​हाल काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहमा उत्पादन हुने फोहर बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ।

Choose Your Language »

Discover more from Red Voice Nepal

Subscribe now to keep reading and get access to the full archive.

Continue reading