
काठमाडौं। रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल उपत्यका शाखाको चौथो वार्षिक साधारण सभा अन्तर्गत हुने कार्यसमिति निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
उक्त निर्वाचनमा पुण्यप्रसाद नेपाल अध्यक्ष तथा जयराम फुयाल उपाध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचन समितिको सचिवालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार कार्यसमितिका सबै पदमा उम्मेदवार संख्या र आवश्यक पद संख्या बराबर भएपछि मतदान प्रक्रिया आवश्यक नपरेको हो।
यससँगै सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।
यसअघि कार्यसमिति सदस्य पदका उम्मेदवार राजेश न्यौपाने (इडवार्ड ट्रेडिङ प्रा.लि.) ले उम्मेदवारी फिर्ता लिएको लिखित निवेदन दिएपछि अन्तिम नामावली कायम गरिएको थियो।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता शिवराज धितालका अनुसार विधान बमोजिम सबै पदमा एकएक जना मात्र उम्मेदवार कायम भएपछि कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
निर्वाचित पदाधिकारीहरू यस प्रकार रहेका छन्:
अध्यक्ष: पुण्य प्रसाद नेपाल (नेपाल सर्जिकेम इन्टरनेशनल) – निर्विरोध
उपाध्यक्ष: जयराम फुयाल (कागेश्वरी टेड कन्सर्न) – निर्विरोध
महासचिव: दिपक प्रसाद दाहाल (दिपज्योती साइन्टीफिक ट्रेडिङ कन्सर्न) – निर्विरोध
कोषाध्यक्ष: किरण तिमलसिना (सोफी इन्टरनेशनल प्रा.लि.) – निर्विरोध
सदस्यहरू:
कृष्ण बहादुर अस्थानी (सर्जिलिंक नेपाल प्रा.लि.) – निर्विरोध
प्रकाश घिमिरे (होराइजन ट्रेड लिंक) – निर्विरोध
पुरुषोत्तम भुर्तेल (ओम हियरिङ्ग एण्ड भिजन प्रा.लि.) – निर्विरोध
संघले नव-निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको संस्थागत विकास र व्यवसायिक हितमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
You must be logged in to post a comment.