प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो, हा हु भन्न मिल्दैन : प्रचण्ड

Written by

in

ललितपुर ।नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन्। 

आज सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार जेनजी युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिसकर्ता रहेको बताएका हुन् । अहिले आएर हा हु सरकार भन्न मिल्दैन ।

‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने उहाँनै हो,’प्रचण्डले भने, ‘केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो । अहिले यो सरकार हावामा बन्यो भन्न मिल्छ त? उहाँ (ओली) नै सिफारिसकर्ता हो।’ उनले आफूहरू उक्त प्रक्रियाको साक्षी मात्रै रहेको बताए ।

प्रचण्डले देश गम्भीर सङ्कट र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको स्विकार्दै यसको समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमति आवश्यक रहेकोमा जोड दिए ।

‘राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको सहमति देखियो,’ उनले भने, ‘यसको समाधानका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबै सम्मिलित राष्ट्रिय राजनीतिक सहमतिको खाँचो छ।’उक्त कार्यक्रम प्रेस सेन्टर केन्द्रिय समितिले आयोजना गरेको थियो ।

Choose Your Language »

Discover more from Red Voice Nepal

Subscribe now to keep reading and get access to the full archive.

Continue reading