Tag: nepali politics

  • India: Nepal-Sugauli Treaty Issue Can Be Resolved Through Bilateral Talks

    India: Nepal-Sugauli Treaty Issue Can Be Resolved Through Bilateral Talks

    Kathmandu: Nepal’s House of Representatives discussed the original copy of the 1816 Sugauli Treaty at its Monday meeting. Lawmakers debated who actually holds the original document, which was signed between Nepal and British ruled India.

    The topic came up again on Tuesday, this time at India’s Ministry of External Affairs. During the ministry’s regular press briefing, a reporter asked spokesperson Randhir Jaiswal about Nepal’s foreign minister saying the original treaty copy could not be found.

    Jaiswal said relations between India and Nepal remain strong. He added that the two countries may not agree on every issue but a bilateral mechanism already exists to handle such matters and both sides can use it to talk things through.

    The Sugauli Treaty was signed in 1816 to end the war between Nepal and the British. It set Nepal’s eastern, western and southern borders.

    Using this treaty and other evidence, Nepal issued a new map in 2020 that included Limpiyadhura within its territory. The treaty states that land east of the Kali River belongs to Nepal.

    A reporter also asked Jaiswal about the recent meeting between Nepal’s Prime Minister Balendra Shah and the Indian ambassador. Jaiswal said the meeting covered bilateral matters and that India has already extended an invitation.

    He explained that Nepal’s prime minister was invited to India soon after taking office and said he would share more details as they become available.

  • सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति


    काठमाडौँ। वीर अस्पतालमा विगत एक सातादेखि विभिन्न माग राख्दै आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो सत्याग्रह अन्त्य गरेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रानाभाट नेतृत्वको टोलीबीच पटक–पटक भएको वार्तापछि सहमति जुटेको हो।


    सहमतिले नर्सिङ क्षेत्रको संरचनागत सुधार, सेवा–सुविधा, कार्य वातावरण तथा पेशागत विकाससँग सम्बन्धित दीर्घकालीन र तत्काल कार्यान्वयन गर्नुपर्ने विषयहरूलाई समेटेको छ।


    सहमति अनुसार ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड–२०७७’ बमोजिम नर्स–बिरामी अनुपात प्रभावकारी रूपमा लागू गरिनेछ। त्यसका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण गरी आवश्यक दरबन्दी सिर्जना गर्ने, करार सेवामा निर्भरता घटाउँदै स्थायी पदपूर्ति प्रक्रिया अघि बढाउने र नर्सिङतर्फ नवौं, दशौं तथा एघारौं तहका दरबन्दी सुनिश्चित गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।


    यस्तै, सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न सात दिनभित्र कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले छ महिनाभित्र प्रतिवेदन बुझाउनेछ। साथै, सेवा प्रकृति र जोखिमका आधारमा नर्सहरूलाई कम्तीमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने कानुनी व्यवस्था गर्ने सहमति भएको छ।


    कार्यभार व्यवस्थापन र सेवाको गुणस्तर सुधारका लागि ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ अवधारणा कार्यान्वयन गरिनेछ। सबै अस्पतालमा ‘नर्सिङ प्रोसेस’ र ‘नर्सिङ केयर प्लान’ अनिवार्य रूपमा लागू गरी त्यसको नियमित अनुगमन गर्ने व्यवस्था पनि गरिनेछ।


    सहमतिमा सहायक नर्स मिडवाइफ (अनमी) हरूलाई पीसीएल नर्सिङ वा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ। त्यस्तै, विशेषज्ञ नर्स (स्पेसालिस्ट नर्स) र एडभान्स प्राक्टिस नर्स (एपीएन) जस्ता नयाँ पद सिर्जनाका लागि एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिने भएको छ।


    यसैगरी, नेपाल नर्सिङ परिषद् ऐनलाई समयानुकूल संशोधन गर्ने, नर्सिङ तथा मिडवाइफ्री सेवाका लागि छुट्टै कानुन तर्जुमा गर्ने प्रक्रियामा नर्स प्रतिनिधिहरूलाई सहभागी गराइने सहमति भएको छ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिममा सहभागी गराउने तथा उनीहरूको सीपको उचित मूल्यांकन गर्ने व्यवस्था पनि सहमतिमा समावेश गरिएको छ।

    सरकार र नर्स अभियन्ताबीच भएको यो सहमतिलाई नर्सिङ क्षेत्रको सुधारतर्फ महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न ७ दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ ।

    कार्यदलले ६ महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । साथै, सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन कानुनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ ।

    नर्सहरूको कार्यभार कम गर्न र सेवाको गुणस्तर सुधार्न ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ को अवधारणालाई कार्यान्वयनमा लैजाने बुँदा सहमति पत्रमा उल्लेख छ । यसका साथै सबै अस्पतालहरूमा ‘नर्सिङ प्रोसेस’ र ‘नर्सिङ केयर प्लान’ अनिवार्य रूपमा लागू गरिने र त्यसको अनुगमन हुनेछ ।

    सहमति पत्रमा सहायक नर्स मिडवाइफ (अनमी) हरूलाई प्रवीणता प्रमाणपत्र (PCL) नर्सिङ वा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ । साथै, विशेषज्ञ नर्स (Specialist Nurse) र एडभान्स प्राक्टिस नर्स ((APN) जस्ता पदहरू सिर्जना गर्न एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिने भएको छ ।

    नेपाल नर्सिङ परिषद् ऐनलाई समयसापेक्ष संशोधन गर्ने र नर्सिङ तथा मिडवाइफ्री सेवाका लागि छुट्टै ऐन तर्जुमा गर्ने प्रक्रियामा नर्स अभियन्ताका प्रतिनिधिहरूलाई पनि सहभागी गराइनेछ । निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्यांकन गर्ने व्यवस्था मिलाइने सहमति पत्रमा उल्लेख छ ।

  • गुण्डुमा ओली–कार्की छलफल निष्कर्षविहीन, मुख्यमन्त्रीले मानेनन् राजीनामा दिन

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्।

    मंगलबार साँझ गुण्डुमा करिब एक घण्टा भएको छलफलमा अध्यक्ष ओलीले नयाँ राजनीतिक कोर्सका लागि मार्ग खुला गर्न राजीनामा दिन आग्रह गरेका थिए। तर मुख्यमन्त्री कार्कीले आफू धारा १६८ (५) बमोजिम नियुक्त भएको उल्लेख गर्दै राजीनामा दिए संवैधानिक जटिलता सिर्जना हुने र राजनीतिक सन्देश पनि सकारात्मक नजाने तर्क गरेका थिए।

    स्रोतका अनुसार छलफलमा दुवै पक्षले आफ्ना-आफ्नै धारणा राखे पनि कुनै निष्कर्ष निस्कन सकेन। थप छलफल गर्ने सहमति भएको भए पनि त्यसको समय भने तय भएको छैन।

    यसअघि पनि अध्यक्ष ओलीले कार्कीलाई गुण्डु बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए। त्यसपछि पूर्वमुख्यमन्त्री शेरधन राईलाई विराटनगर पठाइए पनि कार्की आफ्नो अडानबाट पछि हटेका छैनन्।

    यसबीच विराटनगरमा एमाले प्रदेश सांसदहरूको हस्ताक्षर संकलन भइरहेको स्रोतको दाबी छ। आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पार्टीको निर्णय कार्यान्वयनका लागि सांसदहरूसँग हस्ताक्षर गराइरहेको बताइएको छ।

    मुख्यमन्त्री कार्कीलाई हटाउने अभियानमा शेरधन राईसँगै पराजुली सक्रिय रहेको स्रोतको भनाइ छ। यद्यपि कार्कीले आफूले राजीनामा दिए संवैधानिक र राजनीतिक दुवै हिसाबले जटिल अवस्था सिर्जना हुने अडान कायम राखेका छन्।

  • कोशी सरकारको विवाद उत्कर्षमा, ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौं बोलाए

    काठमाडौं। नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्।

    पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव पोखरेलसहित शीर्ष नेताहरूबीच हुने छलफलले कार्कीको नेतृत्व निरन्तर रहने वा नयाँ नेतृत्व चयन हुने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

    एमालेभित्र अध्यक्ष ओली कोशी प्रदेशको नेतृत्व परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा रहेको चर्चा छ। तर मुख्यमन्त्री कार्कीले भने राजीनामा नदिने अडान कायम राख्दै आएका छन्। उनले व्यक्तिगत निर्देशनभन्दा पार्टीको संस्थागत निर्णयलाई मात्र स्वीकार गर्ने बताएका छन्।

    सोमबार विराटनगरस्थित एमाले प्रदेश कार्यालयमा आयोजित संसदीय दल र प्रदेश नेतृत्वको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले अध्यक्ष ओलीबाट पद छाड्न कुनै प्रत्यक्ष निर्देशन नपाएको दाबी गरेका थिए।

    उनले आफू संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश सभाको बहुमतको विश्वासका आधारमा मुख्यमन्त्री बनेको उल्लेख गर्दै सरकार संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताएका छन्। काठमाडौंमा हुने शीर्ष तहको छलफलपछि कोशी प्रदेश सरकारको नेतृत्वबारे स्पष्ट निर्णय आउने अपेक्षा गरिएको छ।

  • Opposition to Continue House Protest Until PM Balen Shah Clarifies Border Remarks

    Opposition to Continue House Protest Until PM Balen Shah Clarifies Border Remarks

    Kathmandu: Opposition parties have decided to continue their protest in the House of Representatives, insisting that Prime Minister Balen Shah clarify his controversial remarks regarding the Nepal-India border dispute.

    The opposition plans to raise the issue as soon as Thursday’s House session begins before allowing parliamentary proceedings to move forward.

    The dispute arose from Prime Minister Shah’s response during a question and answer session in Parliament on May 31, where he stated that while India had encroached on Nepal’s territory, Nepal had also occupied Indian land in several places.

    Opposition lawmakers have demanded that the Prime Minister either present factual evidence to support the claim or apologize and have the statement removed from the official parliamentary record.

    They have continued obstructing House proceedings over the issue for nearly two months.

    In an effort to resolve the deadlock, Speaker Dol Prasad Aryal met Prime Minister Shah at Singha Durbar on Wednesday and urged him to address the House. According to the Speaker, the Prime Minister said he would consider the proposal.

    Despite the ongoing standoff, Thursday’s parliamentary agenda includes special and zero-hour sessions, where lawmakers are expected to raise issues of public concern, along with a proposal to refer a bill to a parliamentary committee for detailed discussion.

  • Prachanda Says Lifelong Loyalty to Ideals Is the Hallmark of a Revolutionary

    Prachanda Says Lifelong Loyalty to Ideals Is the Hallmark of a Revolutionary

    Kathmandu: Nepali Communist Party (NCP) Coordinator Pushpa Kamal Dahal ‘Prachanda’ has stressed the need to reunify and strengthen Nepal’s communist movement, saying it must regain its vitality by drawing inspiration from the legacy of veteran communist leaders.

    Addressing a program in Kathmandu on Saturday to mark the 13th memorial day of NCP founding leader Nar Bahadur Karmacharya, Prachanda said the country’s communist movement has suffered setbacks in recent years and should be revitalized by following the ideals and contributions of leaders such as Pushpa Lal Shrestha and Nar Bahadur Karmacharya.

    He said communist forces must unite to safeguard national sovereignty, confront growing challenges, and resist authoritarian tendencies with determination.

    Recalling Karmacharya’s role as a close associate of Pushpa Lal, Prachanda said the late leader played a significant part in organizing the labor movement, advancing class struggle, and strengthening Nepal’s communist movement. He described Karmacharya’s contributions as a lasting source of inspiration.

    Prachanda also said that being active in politics for only a few years or making occasional sacrifices is not enough, arguing that true revolutionaries remain committed to their ideology, principles, and objectives throughout their lives.

    He said Nar Bahadur Karmacharya set an example by remaining steadfast in his political ideals and revolutionary path until his final days.

  • बागमती सरकार ६ मन्त्रीको सामूहिक राजीनामा: एमाले बाहिरियो

    हेटौँडा। बागमती प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणको प्रभाव देखिन थालेको छ। सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ।

    एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत वर्तमान राजनीतिक परिस्थिति र पार्टीको निर्णयअनुसार सरकारमा रहेका सबै मन्त्रीले तत्काल प्रभावबाट पद त्याग गरेको जानकारी गराएका हुन्। पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

    थपलियाले सरकारप्रतिको समर्थन पनि फिर्ता लिइएको पुष्टि गर्दै अब एमाले प्रतिपक्षको भूमिकामा रहने संकेत दिएका छन्।

    राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, यातायात हेर्ने मन्त्री जयराम थापा, वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

    यसअघि मन्त्रिपरिषद् बैठकपछि काठमाडौं फर्किएका मन्त्रीहरू मंगलबार राति विशेष रूपमा हेटौँडा पुगेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

    मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन स्पष्ट निर्देशन दिएको थियो।

    साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त नेतृत्वमा सञ्चालन हुँदै आएको बागमती सरकार एमालेको समर्थन फिर्तासँगै अल्पमतमा परेको छ। अब संविधानअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार एमालेको यो निर्णयले बागमती प्रदेशको सत्ता समीकरण मात्र होइन, अन्य प्रदेशको राजनीतिक समीकरणमा पनि प्रभाव पार्न सक्ने देखिएको छ।

  • दुई बोरा मल ल्याउँदा भारतीय जेल पुगे सर्लाहीका दुई किसान, खेत बाँझै

    काठमाडौं। विगतका वर्षहरूमा यतिबेलासम्म सर्लाहीको बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहले आफ्नो साढे २ बिघा खेतमा रोपाइँ सकिसक्थे। तर यसपालि उनीहरूको खेत बाँझै छ भने दुवै दाजुभाइ २० दिनदेखि भारतीय जेलमा थुनिन बाध्य भएका छन्।


    ​देशभित्रै समयमा मल नपाएपछि रोपाइँका लागि मलको जोहो गर्न उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए। त्यहाँबाट खरिद गरेर साइकलमा ल्याउँदै गरेको २ बोरा युरिया र ६ बोरा डीएपीसहित उनीहरूलाई गत १७ असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले ‘मल तस्करी’ को आरोपमा पक्राउ गरेको हो।


    ​पक्राउ परेका दुवै दाजुभाइलाई सुरुमा सोनवर्षा थानामा राखिएको थियो। हाल उनीहरूलाई सीतामढी जिल्लाको डुमरास्थित कारागारमा पठाइएको छ।

    झन्झटिलो कानुनी प्रक्रिया र अन्योल
    ​थुनामा रहेका नागेन्द्रका ज्वाइँ प्रवीन सिंहका अनुसार डुमरास्थित स्थानीय अदालतले २५ असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरणसहितका कागजात मगाएको भए पनि अहिलेसम्म धरौटी (बेल) मा छुट्न सकेका छैनन्।


    ​”अदालतका न्यायाधीश बिदामा रहेकाले अदालती प्रक्रियामा ढिलासुस्ती भइरहेको छ,” प्रवीनले भने, “हामी निरन्तर धाउन भने छाडेका छैनौं।”
    ​पारिवारिक स्रोतका अनुसार थानाबाट अदालतसम्म कागजात पुगे पनि भारतको झन्झटिलो र ढिलासुस्तीपूर्ण कानुनी प्रक्रियाका कारण उनीहरूको रिहाइमा अन्योल थपिएको छ।


    ​यसैबीच, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले दुवै किसान दाजुभाइ भारतमा पक्राउ परेको विषयमा गृह मन्त्रालयलाई औपचारिक रूपमा जानकारी गराइसकिएको बताएका छन्।

  • Prachanda Meets Madhav Nepal, Intensifies Talks on New Political Alliance

    Prachanda Meets Madhav Nepal, Intensifies Talks on New Political Alliance

    KATHMANDU: Nepal Communist Party (NCP) Coordinator Pushpa Kamal Dahal “Prachanda” on Monday visited Co-coordinator Madhav Kumar Nepal at his residence in Koteshwor, where the two leaders discussed the country’s evolving political situation and possible new power equations.

    Prachanda arrived at Nepal’s residence at around 9:00 am to inquire about the latter’s health, as Nepal has been unwell for the past few days. During the meeting, Prachanda wished him a speedy recovery before holding detailed discussions on the latest political developments and efforts to form a new governing alliance.

    The meeting came shortly after Prachanda returned from an official visit to Sri Lanka, following which he has reportedly stepped up consultations over a possible political realignment.

    While Prachanda was abroad, Co-coordinator Nepal had assigned senior leaders Barshaman Pun and Pramesh Hamal to initiate dialogue on a new political equation. The two leaders held extensive discussions with CPN-UML Chairman KP Sharma Oli, although similar talks with Nepali Congress leader Gagan Thapa did not materialize.

    After returning to Kathmandu, Prachanda was briefed by Pun and Hamal on the progress of those discussions. Following Monday’s meeting with Nepal, he also consulted Pun, Hamal, Beduram Bhusal and other senior leaders on the future of alliance-building.

    NCP leaning toward cooperation with UML

    According to party sources, both Prachanda and Madhav Nepal have reached a broad understanding that cooperation with the CPN-UML should be taken forward.

    The move comes amid growing pressure from party leaders and cadres to unite communist forces ahead of the upcoming local and provincial elections.

    Sources said the NCP and UML had been willing to work together in provincial governments, but negotiations with the Nepali Congress gradually weakened after the Congress maintained its preference for a two-party arrangement.

    With the UML-Congress partnership widely viewed as having effectively collapsed, leaders from both communist parties are said to be increasingly in favor of forging an NCP-UML alliance to strengthen the communist movement.

    Party sources also said Prachanda is expected to hold what is being described as a decisive meeting with UML Chairman KP Sharma Oli later on Monday to discuss the proposed alliance.

    A senior source close to Prachanda said the party chief had held comprehensive discussions with Madhav Nepal at his residence and would now meet Oli in an effort to finalize the remaining issues surrounding the new political equation.

  • मण्डलेको भूत नयाँ मण्डले

    भवानी बराल

    पापीलाइ लाभले

    लोभीलाइ आशाले

    डराउनेलाइ त्रासले

    र मूर्खलाइ भ्रमले

    अधिन गरेर, संगठन गरेर अपराध गर्ने

    मण्डले।

    रुपचन्द्र विष्टले मण्डलेबाट होसियार शीर्षकको कवितामा यिनै पङ्ती लेखेका थिए। मण्डलेको हकमा विष्टका कविताका यिनै हरफ काफी छन् । यद्धपी यो लेखोटमा नेपाली राजनीतिमा मण्डले  प्रवृत्तिको चरित्र चित्रण गर्ने प्रयास गरिने छ। मण्डले प्रवृत्तिको निरन्तरता आजपनि उत्तिकै प्रभावकारी छ । यसर्थ मण्डलेको चरित्र चित्रण गर्नु आवश्यक हुन्छ।

    नेपालको इतिहासमा खासगरी पञ्चायती व्यवस्थाको कालखण्ड ९विसं २०२०–२०३६० दशकमा सक्रिय रहेको विवादास्पद कथित विद्यार्थी संगठन ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ थियो । समयक्रमसंगै यो संगठन बदनाम भयो र आज मण्डले नामले चिनिन्छ । मण्डले प्रवृत्ति आजपनि नेपाली राजनीतिको बंशानुगत रोग हो । हुनलाइ यो संगठनको निहित उद्वेश्य, लक्ष थिए । यसको वैचारिक आधार नेपाली राष्ट्रवाद र स्वाधिनता, शिक्षामा सुधार, विद्यार्थी अधिकार, सुशासन, अमनचयन, भ्रष्टाचारको विरोध आदि । सुन्दा कर्णप्रिय लाग्ने शब्दवलीले वैचारिक आधार सिँगारिएको थियो । तर वास्तवमा राजाको प्रतक्ष शासन तथा पञ्चायती व्यवस्थाको समर्थन गर्ने, वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलन दबाउन सक्रिय रहने र आन्दोलनको प्रतिकार गर्ने जत्था थियो । राष्ट्रवादी त छँदै थिएन आजको भाकामा महेन्द्रवादी थियो।

    मण्डल र मण्डले

    समान उद्वेश्य भएका मानिसहरुको जमात वा समितिलाई ‘मण्डल’ भनिन्छ । मन्डले त्यही मण्डल शब्दबाट अपभ्रंस हुँदै मन्डलमा एकलख लागेर, लगाएर मन्डले भएको हो । यहि मन्डले शब्द कालान्तरमा यति कुख्यात भयो कि नेपाली शब्दकोसहरुले पनि परिभाषित गर्ने नौवत आयो । तीनै शब्द कोसले ‘अरुको अहित चिताउने, छुल्याहा, उपद्रया मण्डले’ हो भने अर्थ लगायो । रुपचन्द्रको भाकामा भन्ने हो भने, दिमाग खाली, मुड्की ताली मन्डले ।

    निर्दलीय पञ्चायती व्यवस्थाको समयमा दलहरु प्रतिबन्धित थिए । ती दलहरु विद्यार्थी संगठनमार्फत आफ्ना विचार, कार्यक्रम र आन्दोलन अगाडि बढाउँथे । यिनै आन्दोलनको प्रतिकार गर्न मण्डलेको गठन भएको थियो । विसं २०२१–०२२ को विद्यार्थी आन्दोलनले कलेजमा ‘स्वतन्त्र विद्यार्थी युनियन स्ववियु गठन गर्ने माग पुरा गर्न सरकार वाध्य भयो।

    विसं २०२२ सालदेखि स्ववियु संस्थागत हुन थाल्यो। तर स्ववियुमा पञ्चायतइतर संगठनले निर्वाचनबाटै कब्जा गर्थे। यस्तैमा मण्डलेको उदय विद्यार्थी संगठनको कार्यक्रम प्रतिकार गर्न भएको थियो। मण्डलेको कथित वैचारिक आधार त देखाउने दाँत मात्र थिए। उनीहरु आतंक सृजना गर्न बढी केन्द्रित हुन्थे । बदनाम हुँदै गए।

    अन्तत मन्डलबाट मन्डले भए। विसं २०३६ सालको विद्यार्थी आन्दोलनको कारण सरकारले मन्डलेलाई प्रतिबन्ध लगाउन वाध्य भयो। मन्डले खारेज भयो । त्यो विद्यार्थी आन्दोलनमा म स्वयम् पनि सरिक थिएँ। मन्डलेका विषयमा लेख्ने यिनै हातले दुइजना मन्डलेलाई धरानमा मोसो दलेर ठेलामा शहर घुमाएको सम्झना झल्को आएको छ। तर नेपाली राजनीतिमा मन्डले प्रवृत्ति अझै बाँकी छ । सरुवा रोग झैं सरेको छ । मन्डले प्रवृत्ति भनेको आफ्नो अनुकुल नहुनेलाई जुनसुकै उपायबाट अन्त्य गर्ने हो। यसको उदाहरण बरिष्ठ पत्रकार पदम ठकुराठी हुन।

    उनको ज्यानै लिने गरि तनिै भूमिगत मन्डलेहरुले गोली हानेर हत्या गर्ने साजिस गरेका थिए। भाग्यवस उनको ज्यान जोगियो तर उनले एउटा आँखा गुमाउन पुगे। तर त्यही मन्डले संगठनको उनी संस्थापक अध्यक्ष थिए। यसरी आफ्ना पूर्व अध्यक्षलाई पनि बसिखान नदिने कस्तो संगठन थियो होला ?

    तर आजपनि भिन्न रुपमा मन्डलेको भूत जागेकै छ। यसलाई झाँक्री तन्त्र विद्यामा ‘सिया’ जागेको भनेर बुझिन्छ। बहुदलीय व्यवस्थाको पुनस्थापना पछि नेपाली कांग्रेसको तरुण दलमा, गणतन्त्रको स्थापना पछि माओवादीको वाइसियल, एमालेको युथ फोर्समा मण्डले प्रवृत्ति सरेको थियो। आजभोली अराजक असंगठीत ९घण्टींखराने ग्याङमा सरेको छ। राजधानीमा सुकुम्बासीलाई बेदखल गर्दा यिनको उपस्थितिले देखाउँथ्यो। यदाकदा माइतिघर मण्डलामा गएर आन्दोलनकारीको प्रतिकार गर्न खोजेको दृश्य हामी सबैले देख्दै भोग्दै आएका छौं। भर्खरै मिडिया हाउसमा कारबम तेस्र्याउने यिनै यान्त्रिक मन्डले हुन। न्यायपूर्ण आन्दोलनलाई सामाजिक सञ्जालमार्फत उछित्तो काड्ने यिनै डिजिटल मण्डले हुन।

    मन्डलेका प्रकार

    मन्डलेका आकार प्रकार भने फरक छ। तिनले देखाएको प्रवृत्तिगत चिनारी यस प्रकारले गर्न सकिन्छ। यिनलाई रंग अनुसारको वर्गिकरण गरिएको छ।

    पहेँलोपन्थी मन्डले यो अग्र्यानिक मन्डले हो। राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मन्डल नामैले पनि यो अग्र्यानिक हो भन्ने बुझाउँछ। जनमत संग्रहताका पञ्चायतको रंग पहेँलो भएकोले र त्यही व्यवस्थाको हिमायती भएकोले यो जातको मन्डले पहेँलपुर मन्डले हो।

    निलोपन्थी मन्डले जनमतताका बहुदलीय व्यवस्थाको रंग निलो थियो। यी कांग्रेसीहरुको अधिकतम लक्ष पनि बहुदलीय व्यवस्थासम्म मात्र हो। यसैले स्वभावैले यि निलाम्बर मन्डले भए।

    रातापन्थी मण्डले कम्युनिस्टका झण्डादेखि दर्शन, पुस्तक सबै राता हुनाले यिनलाई रातापन्थी वा राता मन्डले नाम दिनु उपयुक्त हुन्छ। यी मन्डलेमा वाइसिएल र युथ फोर्स हुन।

    कालापन्थी मण्डले जेन्जी विद्रोह यता देखिएका यी काला मन्डले हुन। यी अराजक खरानेहरुलाई अंगार मन्डले नाम दिए पनि हुन्छ। यिनका गुरु बाउहरु कालो चस्मा, कालै लुगा, कालो सिसा भएका कालै गाडिमा चढने भएकोले यिनीहरु काला मन्डले भए। देश नै अंगारमा परिणत गरि दिएकोले पनि कालापन्थी मन्डले भन्नु अन्यथा हुने छैन। केहि बर्खा अगाडि यिनले निलो क्रान्ती गर्न भनेर निलो रिविन लगाएका थिए। तर त्यो त देखाउने दाँत मात्रै थियो। निलो रंगसंग मोह भंग भैसकेको थियो । गत भदौ २४ गतेको विध्वंस मच्चाउने यिनीहरु काला मन्डले हुन।

    रहलपहल

    अन्याय, अन्धभक्ति, चाकरी, अवसरवाद र जनविरोधी प्रवृत्ति मन्डले प्रवृत्ति हो। पहेँला अग्र्यानिक मन्डलेको पतनपछि निला मन्डले, राता मन्डले हुँदै काला मन्डलेमा भूत सवार भएको छ। निला, राता, काला मन्डले पहेँलो मन्डलेको अवतार हो । धामी, झाँक्री, विजुवा, ओझाको भाकामा भन्दा काला मन्डलेमा पहेँलो मन्डलेको सिया जागेको हो। राम्रोसंग झारफुक गरेर कालो मन्डलेलाई काँचो धागोले बाँधेर दोबाटोमा नगाडेसम्म, बाचा बन्धन र मन्त्रले चारै दिशा नबाँधेसम्म चैन हुँदैन है मनुवा हो। हेरहेर मनुवा हुरहुर।   

Choose Your Language »