
काठमाडौं — धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल श्रमप्रेमी र देशप्रेमी युवाहरूको पार्टी हुने दाबी गरेका छन्।
आइतबार दल दर्ताका लागि निर्वाचन आयोग पुगेर सनाखत गरेका साम्पाङले “पेटका लागि मात्र होइन, देशका लागि पनि सोच्ने युवा तयार गर्छौं,” भन्ने प्रतिबद्धता जनाए।
साम्पाङले श्रमलाई माया गर्ने र माटोलाई सम्मान गर्ने संस्कार फैलाउने उद्देश्य श्रम संस्कृति पार्टीको रहेको बताए। उनका अनुसार सिंहदरबार जलाउने सोच राख्ने वा केवल राजनीतिक लाभका लागि लाग्ने युवालाई पार्टीमा स्थान दिइने छैन।
‘माटोलाई माया गर्ने युवाहरू तयार गर्छौं, नेपालीलाई श्रमसँग जोड्छौं,’ साम्पाङले भने, ‘देशका खेताला तयार गर्छौं।’
विरोधी दलप्रति समेत सहिष्णुता देखाउँदै उनले थपे, ‘एमाले र कांग्रेसले राम्रो गरेको भए राम्रो गरे भन्न सक्नुपर्छ।’ साम्पाङका अनुसार श्रम संस्कृति पार्टी नयाँ राजनीतिक जागरण ल्याउने दलका रूपमा अघि बढ्नेछ।














Comments