काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी काठमाडौँ क्षेत्र नं. ५ की उम्मेदवार कल्पना शर्मा ले सार्वजनिक गरेको प्रतिवद्धतापत्रपछि चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। कानुनी क्षेत्र, सामाजिक आन्दोलन र स्थानीय विकासमा लामो समयदेखि सक्रिय रहेकी शर्मालाई सक्षम र नयाँ पुस्ताकी उम्मेदवारका रूपमा मतदाताले हेर्न थालेका छन्।


यस क्षेत्रबाट विगतमा निर्वाचित सांसदहरू सत्ता र शक्तिकेन्द्रमा रहे पनि आधारभूत विकास पक्की सडक, स्वच्छ खानेपानी, ढल व्यवस्थापन र विद्युतीकरण अपेक्षित रूपमा पूरा हुन नसकेको जनगुनासो रहँदै आएको छ। यही पृष्ठभूमिमा शर्माले विधायकी भूमिका र स्थानीय आवश्यकतामा आधारित विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।

कानुन र शासन सुधारमा प्राथमिकता
शर्माले समयसापेक्ष संवैधानिक र कानुनी सुधार, प्रविधिमैत्री र पारदर्शी कानुनी प्रक्रिया, नयाँ कानून निर्माण तथा कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेकी छन्। उनको एजेन्डामा निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीबारे बहस, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, एउटै पदमा दुई कार्यकालभन्दा बढी नरहने र कुनै पदमा तीन पटकभन्दा बढी प्रतिस्पर्धा गर्न नपाउने स्पष्ट कानुनी प्रबन्ध, कृषि, ऊर्जा, पर्यटन र उद्योगलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने नीति
स्थानीय अर्थतन्त्र र रोजगारीमा जोड।

शर्माले स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योग प्रोत्साहन, बन्द उद्योग पुनःसञ्चालन, विदेशबाट सीप लिएर फर्किएका युवाका लागि उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएकी छन् । यसले रोजगारी सृजना र प्रतिभा पलायन रोक्न सहयोग पुग्ने उनको विश्वास छ ।

काठमाडौँ ५ का स्थानीय मुद्दामा स्पष्ट प्रतिबद्धता, स्थानीय उत्पादनको प्रयोग र बजार सुनिश्चितता, शिक्षा र स्वास्थ्यलाई केन्द्र बनाएर क्षेत्रलाई एजुकेशन तथा हेल्थ हब बनाउने, पक्की सडक, खानेपानी, ढल निकास र विद्युतीकरणलाई पूर्णता
इन्टरनेट र दूरसञ्चार सेवा सर्वसुलभ बनाउने, मठ,मन्दिर, पाटी,पौवा, धारा जस्ता सम्पदाको संरक्षण र जिर्णोद्वार।
आदिवासी, जनजाति, दलित र विपन्न समुदाय लक्षित कार्यक्रम, निःशुल्क आधारभूत स्वास्थ्य सेवा र प्राविधिक शिक्षामा पहुँच, कानुन व्यवसायमा संलग्न रहँदै सामाजिक सेवामा सक्रिय शर्मा भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको पक्षधरका रूपमा परिचित छिन्।

यही कारण काठमाडौँ–५ मा नयाँ नेतृत्व र व्यवहारिक एजेन्डाको खोजीमा रहेका मतदातामाझ उनको दाबेदारी सशक्त बन्दै गएको देखिन्छ ।