काठमाडौँ जिल्ला अदालतद्वारा सुलभ अग्रवाल र दीपक भट्टसँग करोडौँ धरौटी माग

Written by

in

, ,


काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले विभिन्न तीनवटा व्यावसायिक मुद्दामा प्रतिवादी बनाइएका व्यवसायीहरूसँग करोडौँ रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले असार २४ गतेदेखि निरन्तर सुनुवाइ गर्दै ती मुद्दाहरूमा धरौटी माग गर्ने आदेश दिएको हो। ​अदालतको आदेशअनुसार व्यवसायी सुलभ अग्रवालसँग कुल ५ करोड ८० लाख रुपैयाँ र दीपक भट्टसँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

​१. बीमा ऐन २०७९ अन्तर्गतको कसूर:नेपाल बीमा प्राधिकरण कुपण्डोलको जाहेरीअनुसार दर्ता भएको यस मुद्दामा दीपक कुमार श्रेष्ठसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। यसमा अदालतले सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।


​२. नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित मुद्दा:धितोपत्र बोर्डसँग जोडिएको मुद्दामा व्यवसायी सुलभ अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ। यस मुद्दामा अग्रवालसहित २ जनालाई प्रतिवादी बनाइएको छ।

३. नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित मुद्दा:
धितोपत्रसम्बन्धी ऐनकै अर्को कसूर (नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेड) सँग सम्बन्धित मुद्दामा अदालतले अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। यस मुद्दामा धितोपत्र बोर्डका समिति सदस्य सुजल मल्लसहित ८१ जनालाई प्रतिवादी बनाइएको छ।

कुल धरौटी रकम:
​सुलभ अग्रवाल: रु. ५ करोड ८० लाख
​दीपक भट्ट: रु. २ करोड ५० लाख
​निरन्तरको बहस र सुनुवाइपछि न्यायाधीश आचार्यको इजलासले प्रतिवादीहरूको व्यावसायिक पृष्ठभूमि र मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै उक्त परिमाणको धरौटी रकम तोकेको हो।

Choose Your Language »

Discover more from Red Voice Nepal

Subscribe now to keep reading and get access to the full archive.

Continue reading