--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: रेड भ्वाईस नेपाल

Nepali

कांग्रेस विवाद संवैधानिक इजलासमा पठाउन सर्वोच्चमा निवेदन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सँग सम्बन्धित विवादलाई संवैधानिक इजलासमा पठाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ। देउवा पक्षका एक कार्यकर्ताले तीन सदस्यीय पूर्ण इजलासमा विचाराधीन मुद्दालाई प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने पाँच सदस्यीय संवैधानिक इजलासमा पठाउन माग गर्दै निवेदन दिएका हुन्। कांग्रेसको नेतृत्वसम्बन्धी विवादमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको दाबी गर्दै निवेदकले […]

Nepali

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि देशभर वडा अधिवेशन हुँदैछ। वडा अधिवेशनबाट वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुनेछन्। कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्य मनोनयन गर्ने अधिकारसमेत दिइएको छ। जसअनुसार गाउँपालिकाका वडा सभापतिले पाँच, […]

Nepali

सरकारले १३ देशका लागि राजदूत सिफारिस गर्‍यो

काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाएको करिब ६ महिनापछि सरकारले नयाँ राजदूत पठाउने प्रक्रिया अघि बढाएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय […]

Nepali

संविधान संशोधन र सांसद निलम्बनसम्बन्धी नियममा सर्वोच्चको रोक

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावली, २०८३ का दुई विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमलादेवी पन्तले संघीय संसद् सचिवालयलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू कुमार रेग्मी, डा. […]

Top Stories

रसुवा विपद्का लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन हुने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न विपद्को अवस्था सम्बोधन गर्न सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गरेको हो। बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सात दिनभित्र संयन्त्र गठन […]

Nepali

तीन दिनको छलफलपछि पनि एमाले कार्यदल निष्कर्षविहीन, बन्यो अर्को तीन सदस्यीय कार्यदल

काठमाडौं । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ तीन दिनसम्मको छलफलपछि पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन। शनिबारदेखि सोमबारसम्म काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा बसेको आवासीय बैठकले कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेपछि तीन सदस्यीय सानो कार्यदल गठन गरेको छ। नयाँ कार्यदलमा मूल कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल […]

Nepali

जिल्ला प्रशासन कार्यालयमा सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको पाँच बुँदे परिपत्र

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूबाट प्रदान गरिने सेवा थप सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन पाँच बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त वातावरणमा सेवा उपलब्ध गराउन तथा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ। परिपत्रअनुसार सरकारी कार्यालय आसपास सेवाग्राहीलाई सहयोग तथा […]

Nepali

विश्व व्यवस्थामा ग्लोबल साउथको भूमिका बढाउन ब्रिक्सको जोड

काठमाडाैँ। ब्रिक्स राष्ट्रहरूले विश्व व्यवस्था थप न्यायपूर्ण, समावेशी र बहुपक्षीय बनाउनुपर्नेमा जोड दिँदै ‘नयाँदिल्ली घोषणापत्र–२०२६’ जारी गरेका छन्। भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनबाट जारी १४० अनुच्छेद र ४५ पृष्ठको यो घोषणापत्र पछिल्लो एक दशककै सबैभन्दा लामो ब्रिक्स घोषणापत्र हो। घोषणापत्रले ब्रिक्सको बदलिँदो स्वरूप र बढ्दो कार्यक्षेत्रलाई पनि देखाएको छ। कुनै समय आर्थिक विकास […]

News

PM Shah Pledges Closer Cooperation with Private Sector to Boost Investment

KATHMANDU: Prime Minister Balendra Shah has pledged to strengthen cooperation with the private sector to address economic challenges and create a more conducive environment for investment and business expansion. During a meeting with entrepreneurs and business leaders at Singha Durbar on Friday, Prime Minister Shah sought suggestions on ways to improve the business environment and […]

Nepali

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको महासभा सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन्। सचिव राईका अनुसार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘हाई लेभल जनरल डिबेट’ आगामी २२ देखि २८ सेप्टेम्बरसम्म अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुँदैछ। […]