
नुवाकोट। भोटेकोशी बाढी आएको ११ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ।
शनिबार नुवाकोटको बिदुर नगरपालिका–१०, वेत्रावतीस्थित आफ्नै घरको चौथो तलाबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार श्रेष्ठको उद्धार इन्स्पेक्टर सुमन विकको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले गरेको हो।
बाढी आएपछि घरको चौथो तलामा फसेकी श्रेष्ठलाई ११ दिनपछि उद्धार गरिएको हो। उद्धारपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको सह–प्रवक्ता थापाले जानकारी दिए।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्।
You must be logged in to post a comment.