
सुर्खेत, राउटे समुदायका सदस्यलाई प्राथमिक उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ।
सुर्खेतको लेकबेशी नगरपालिकाअन्तर्गत वन क्षेत्रमा बसोबास गर्दै आएका १५ जना राउटे समुदायका सदस्य तालिममा सहभागी भएका थिए। सहभागीमध्ये महिला र पुरुष दुवै रहेका छन्।
तालिममा सामान्य चोटपटकको उपचार, आकस्मिक अवस्थाको प्रारम्भिक व्यवस्थापन तथा आवश्यक सावधानीबारे जानकारी दिइएको जनाइएको छ। कार्यक्रम सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालन गरिएको हो।
You must be logged in to post a comment.