
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलमा देखिएका गतिविधि र संसदीय मर्यादालाई व्यवस्थित बनाउन विधान संशोधनको प्रक्रिया अघि बढाएको छ । यसका लागि गठित विधान संशोधन कार्यदलको बैठक आज बस्दै ।
कार्यदलको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन्।
रास्वपा सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। परियारका अनुसार कार्यदलले पूर्णता पाइसकेको छ।
पछिल्लो समय सत्ता पक्षकै सांसदहरूको गतिविधि अराजक बन्दै गएको भन्दै संसदीय मर्यादा कायम राख्न विधानमा आवश्यक संशोधन गर्न लागिएको रास्वपाले जनाएको । कार्यदलले विधानमा गर्नुपर्ने संशोधनका विषय पहिचान गरी आवश्यक सुझाव र प्रस्ताव तयार गर्नेछ।
कार्यदलमा को–को छन् ?
- कवीन्द्र बुर्लाकोटी — संयोजक
- प्रकाशचन्द्र परियार — सदस्य
- क्रान्तिशिखा धिताल — सदस्य
- गणेश कार्की — सदस्य
- सुलभ खरेल — सदस्य
- गजला समिम मिकरानी — सदस्य
- मोहनलाल आचार्य — सदस्य
- कामिनी चौधरी — सदस्य
- पुकार बम — सदस्य
- डा. राम लामा — सदस्य
- टीका संग्रौला — सदस्य
- शिवजी यादव — सदस्य
- पुष्पा चौधरी — सदस्य
- समिना मियाँ — सदस्य
You must be logged in to post a comment.