काठमाडौं — प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले दशैं, तिहार, छठ र नेपाल संवत लगायतका चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

प्रेस सेन्टरको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि प्रसाद सापकोटा उपस्थित थिए।

कार्यक्रममा बोल्दै सापकोटाले केपी शर्मा ओलीले आन्तरिक रूपमा खेल मैदान तयार गरेपनि भद्र २३ र २४ गते भएको विध्वंसको मुख्य कारण भू–राजनीतिक प्रभाव रहेको बताए। उनले भने, “अहिले अमेरिका र चीनबीच शीतयुद्धजस्तो अवस्था छ, जसको प्रभाव विश्वभर देखिँदैछ।”

उनले आगामी दिनमा भाद्र २३/२४ भन्दा पनि ठूलो आन्दोलन उठ्ने चेतावनी दिँदै सबै पक्षलाई सचेत रहन आग्रह गरे।

कार्यक्रम प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरको सञ्चालनमा र अध्यक्ष कमल गिरीको सभापतित्वमा सम्पन्न भएको थियो।