
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्र प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहर बाल्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको छ।
महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार खुला ठाउँमा फोहर वा प्लास्टिकजन्य वस्तु बालेको पाइएमा १० हजार रुपैयाँसम्म जरिवाना गरिने चेतावनी दिइएको छ।
विभागकी प्रमुख सरिता राईका अनुसार यो निर्णय जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर न्यूनीकरण गर्नका लागि गरिएको हो। उनका अनुसार वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम–खोकीका बिरामी, मुटु रोगी तथा दीर्घ रोगीहरूमा गम्भीर असर पार्ने भएकाले यस्तो कदम आवश्यक ठहरिएको हो।
राईले महानगरले जारी गरेको प्रतिबन्ध उल्लङ्घन गर्ने व्यक्तिहरूमाथि काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ अनुसार कानूनी कारबाही गरिने पनि चेतावनी दिइन्।
















Comments