
काठमाडौं । बिहीबार आत्मदाहको प्रयास गरेका गणेश नेपालीले शुक्रबार उपचाररत अवस्थामै दम तोडेका छन् । उनको निधनको खबर सार्वजनिक हुनासाथ माइतीघर मण्डलामा सयौं युवा जम्मा भई सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
अस्पतालले नेपालीलाई मृत घोषणा गरेको केही घण्टामै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा लेखिएका पम्पप्लेट बोकेका थिए । “हत्यारा सरकार मुर्दावाद”, “बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?” र “बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो” जस्ता नाराहरू लेखिएका पोस्टरहरू देखिन्थे ।
प्रदर्शनकारीहरूले सरकार र स्थानीय प्रशासनविरुद्ध चर्को स्वरमा नारा लगाउँदै आफ्नो आक्रोश व्यक्त गरे । घटनास्थलमा जम्मा भएका जनसमुदायले गणेशको मृत्युलाई प्रणालीगत असफलताको परिणाम भएको बताउँदै तत्काल जवाफदेहिता खोजेका छन् ।
गणेश नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए, जसपछि उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शुक्रबार उनको निधन भएको हो ।
You must be logged in to post a comment.