काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम चारमा साविक विजेता अर्जेन्टिनासहित स्पेन, फ्रान्स र इंग्ल्यान्ड पुगेका छन्।


साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदा स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहेका छन्। क्वार्टरफाइनलमा नर्वे र स्विट्जरल्यान्ड पराजित भएसँगै यस संस्करणमा नयाँ टोलीले विश्वकप जित्ने सम्भावना समाप्त भएको छ।


पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछ।


यस्तै दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच असार ३२ गते (बिहीबार) अमेरिकाको एटलान्टा स्टेडियममा खेल हुनेछ। यो खेल पनि नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछ।


दुवै सेमिफाइनलका विजेता टोलीबीच साउन ४ गते अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा विश्वकप २०२६ को उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ।