ईन्द्रबहादुर राईको मृत्युको जिम्मा सरकारले लिनुपर्छ: नेकपा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिक माथि मानसिक आतंक सिर्जना गरेको आरोप लगाएको छ। पार्टीका प्रमुख सचेतक युवराज दुलाल ले प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सरकारको कदमले नागरिकलाई आत्महत्यासम्म गर्न बाध्य बनाएको दाबी गरे। दुलालले नेपालको संविधानले आवासको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै राज्यनै मानव सिर्जित […]