
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति पक्षीय नेताहरूले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गरी तीन दिनसम्म गरेको छलफलबाट पार्टीको बृहत्तर एकतालाई पहिलो प्राथमिकता दिने निष्कर्ष निकालेका छन्।
उपचारका लागि हङकङमा रहेका देउवाको अनुपस्थितिमा निवर्तमान कार्यवाहक सभापति को नेतृत्वमा बैठक बसेको थियो। खड्काकै अगुवाइमा खोलिएको सम्पर्क कार्यालयमा असार २२ देखि २४ गतेसम्म लगातार छलफल भएको नेताहरूले बताएका छन्।
छलफलमा गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका देउवा पक्षीय अधिकांश नेताहरू सहभागी थिए। बैठकमा निवर्तमान पदाधिकारी, निवर्तमान केन्द्रीय सदस्य तथा सुदूरपश्चिम र कर्णाली प्रदेश सभापतिहरू पनि सहभागी भएका थिए।
छलफलको निष्कर्ष सार्वजनिक गर्दै निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीभित्रको बृहत्तर एकतालाई नै सबैभन्दा महत्वपूर्ण एजेन्डा बनाइएको बताए। उनका अनुसार १५औँ महाधिवेशनको तयारीका लागि खोलिएको सम्पर्क कार्यालयमा भएका छलफलले पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने साझा निष्कर्ष निकालेको हो।
बैठकले आगामी १५औँ महाधिवेशनका लागि वर्तमान सभापति ले अग्रसरता लिनुपर्ने धारणा पनि व्यक्त गरेको छ। नेताहरूले गत पुस १० गतेसम्म कायम रहेका क्रियाशील सदस्यकै आधारमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूका अनुसार क्रियाशील सदस्यताको अद्यावधिकभन्दा पनि पुस १० गतेसम्म नवीकरण भएका सदस्यलाई मान्यता दिनुपर्ने धारणा बैठकले अघि सारेको छ। हालसम्म करिब ६ लाख क्रियाशील सदस्यहरूले आवश्यक विवरण उपलब्ध गराएर अद्यावधिक प्रक्रिया पूरा गरिसकेको बताइएको छ।
You must be logged in to post a comment.